युनिटी टोलमा बोल्ने कला तालिम सम्पन्न
पाेखरा | जेठ ३२, २०८०
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरिपाटन स्थित युनिटी टोल विकास संस्थाले १० दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ ।
१० दिन सम्म सञ्चालन भएको तालिममा १८ जना प्रशिक्षार्थीले बोल्ने कलाका विषयमा तालिम लिएका थिए । तालिममा बोल्ने कलाका विषयमा रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय कुमार मल्ल, मानवअधिकारका विषयमा इन्सेक गण्डकीका संयोजक शिब खकुरेल, मनोविद विजय राईले प्रशिक्षण प्रदान गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका वडा नम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले वडा नम्बर १४ भरिमै युनिटी टोलको छवि पृथक भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालको १ बर्ष सकिएको तथा अब ४ बर्ष अझै जुझारु ढंगले वडाको विकासमा समर्पित हुने दावी गर्नुभयो । युनिटी टोल विकास संस्थाका अध्यक्ष तेजिन्द्र बहादुर कंडेलले तालिममा सिकेका विषयलाई व्यवहारिक ज्ञानको विषय बनाए मात्रै तालिमको औचित्य हुने बताउनुभयो । उहाँले यस्ता सृजनात्मक तालिमहरुले मानिसमा अब्यक्त प्रतिभा प्रस्फुटन हुने साथै बोल्नेकलाले नै नेतृत्वकलाको विकास हुने बताउनुभयो ।
उक्त अवसरमा टोलका तर्फबाट पोखरा महानगरपालिका स्तरिय हाजिरी जवाफ प्रतियोगितामा सान्तन्वा स्थान हासिल गर्ने सुमित्रा लम्साल, कविता अधिकारी र लक्ष्मी अधिकारी तथा प्रथम वडाअध्यक्ष कप ब्याडमिन्टन प्रतियोगितामा द्धितिय स्थान हासिल गर्ने टोलका चोकबहादुर थापा र थमनसिंह थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा युनिटी टोल विकास संस्थाबाट तालिममा सहभागीहरुले तालिममा सिकेका अनुभवका बारेमा बोलका थिए । तालिममा लक्ष्मी लामिछाने अधिकारी, रामबहादुर कार्की, शुशिला गुरुङ, कविता अधिकारी, सुवेदार मेजर चन्द्रबहादुर क्षेत्री, गीता अधिकारी, जेजुनाथ लम्साल, छलिमाया कँडेल, प्रविण गुरुङ्ग, अनिता थापा, सुमित्रा लम्साल, शारदा केसी, गौतम क्षत्री, तारा गुरुङ, रिता गुरुङ, स्मृति गुरुङ, अनुषा कार्की सहभागी थिए ।
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

